सुदूरपश्चिमका मुख्यमन्त्री शाहको विश्वास : स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनपछि स्तरिय स्वास्थ्य सेवा उपलब्ध हुने

अत्तरिया- कमलबहादुर शाह ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आएपछि सुदूरपश्चिम प्रदेश का जनताले स्तरिय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेका छन्।

Dadeldhura hospital

बुधबार मुख्यमन्त्री शाह र विश्वविद्यालयका पदाधिकारीबीच भएको छलफलमा उनले प्रदेशका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँच पुर्‍याउन विश्वविद्यालय छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिए। विश्वविद्यालय जनताको स्वास्थ्य र शिक्षासँग प्रत्यक्ष जोडिएको भन्दै यसको सञ्चालनका लागि प्रदेश सरकार पूर्ण सहयोग गर्न तयार रहेको उनले बताए।

Navadurga sun
Godawari sandesh

बैठकमा विश्वविद्यालयको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारबारे समेत छलफल भएको थियो। छलफलमा उपकुलपति सुनिलकुमार जोशी, रजिस्ट्रार खेमराज जोशी तथा प्रमुख सचिव वैकुण्ठ प्रसाद अर्याल लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

Loading...