गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्ष सञ्चालनमा, नियमित शल्यक्रिया सेवा सुरु

अत्तरिया- कैलालीस्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत रहेको गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्ष स्थापना गरी शल्यक्रिया सेवा सुरु गरिएको छ।

Dadeldhura hospital

अस्पतालले शुक्रबारदेखि मोडुलर शल्यक्रिया कक्ष प्रयोगमा ल्याउँदै नियमित शल्यक्रिया सेवा सञ्चालन गरेको हो। यसअघि अस्पतालले आपतकालीन सेवाका लागि व्यवस्था गरिएको शल्यक्रिया कक्षबाट मात्र शल्यक्रिया सेवा दिँदै आएको थियो।

Navadurga sun
Godawari sandesh

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार अस्पतालमा रहेका पाँच वटा मोडुलर शल्यक्रिया कक्षमध्ये हाल तीन वटा कक्षबाट तत्काल शल्यक्रिया सेवा सञ्चालन गर्न सकिने अवस्था रहेको छ। बाँकी कक्षहरू आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनपछि सञ्चालनमा ल्याइने उनले बताए।

मोडुलर शल्यक्रिया कक्ष सञ्चालनमा आएसँगै शल्यक्रिया सेवाको क्षमता वृद्धि हुनुका साथै बिरामीले गुणस्तरीय र सुरक्षित सेवा पाउने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।

Loading...