६२ मतदानस्थल अतिसंवेदनशील, बाजुरामा कडा सुरक्षा व्यवस्था

बाजुरा- बाजुरा जिल्ला सुरक्षा समितिले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा तयारी तीव्र पारेको छ।

जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउन मतदानस्थल निरीक्षण, सुरक्षाकर्मी तथा कर्मचारी परिचालन, र सुरक्षा निकायबीच आवश्यक समन्वयका कामहरू भइरहेको छन्।

godawari10 Mahila hinsa
Navadurga sun

उनले जिल्लामा निर्वाचन प्रहरी भर्नाको छनोट प्रक्रिया सम्पन्न भइसकेको र सुरक्षाकर्मी तथा कर्मचारी परिचालनका लागि आवश्यक विवरण संकलन कार्य जारी रहेको जानकारी दिए।

Dadeldhura hospital

सुरक्षा योजनाअनुसार जिल्लाका कुल ७७ मतदानस्थलमध्ये ६२ वटा अतिसंवेदनशील, १२ वटा संवेदनशील र ३ वटा सामान्य रूपमा वर्गीकरण गरिएको छ। निर्वाचन सुरक्षाको दृष्टिले मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन श्रेणीमा राखिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।

अतिसंवेदनशील तथा संवेदनशील मतदानस्थलमा विगतका निर्वाचन अनुभव, सम्भावित जोखिम, भौगोलिक अवस्था, राजनीतिक गतिविधि र स्थानीय परिस्थितिलाई आधार मानेर कडा सुरक्षा व्यवस्था अपनाइने उनले स्पष्ट पारे।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा एक स्वतन्त्रसहित ७ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। विगतका निर्वाचनमा तिता घटना हुने गरेको भन्दै उम्मेदवारहरूले आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र स्वतन्त्र रूपमा सम्पन्न गराउन ९ बुँदे सामूहिक प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्।

जिल्लामा हाल कुल ८७ हजार ८ सय ६१ जना मतदाता रहेका छन्। जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना रहेका छन्। निर्वाचनका लागि जिल्लामा ७७ मतदानस्थल र १ सय १८ मतदान केन्द्र तोकिएका छन्।

Loading...