शी लिड्स आइकनमा लम्कीचुहाकी नगरप्रमुख सुशीला शाही प्रथम

धनगढी- लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाही ‘शी लिड्स आइकन–२०२५’ कार्यक्रमको प्रथम विजेता घोषित हुनुभएको छ। महिला स्वास्थ्य, उद्यमशीलता, नीति तथा न्याय, सशक्तीकरण र जवाफदेहिता क्षेत्रमा उत्कृष्ट नेतृत्व र योगदानका आधारमा शाही विजयी बन्नुभएको हो।

कल्प इम्पावर वुमेन नेपाल द्वारा आयोजित उक्त प्रतियोगितामा कुल १३१ आवेदनमध्ये १११ मान्य आवेदन परेका थिए। नेपालका सातै प्रदेशका स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधिमध्येबाट छनोट प्रक्रिया अघि बढाइएको थियो।

Navadurga sun

छनोट समितिले ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिलाई फाइनलको लागि सिफारिस गरेको थियो। तीमध्ये ७ जनालाई आइकन घोषणा गरिएको हो। जनमत, ग्राउन्ड रिपोर्ट र अन्तर्वार्ताको आधारमा सबैभन्दा बढी मत प्राप्त गर्दै शाही प्रथम विजेता बन्न सफल हुनुभएको आयोजकले जनाएको छ।

विजयी भइसकेपछि नगरप्रमुख शाहीले आफू प्राप्त सफलतालाई व्यक्तिगत भन्दा पनि सामूहिक प्रयासको परिणाम बताउनुभयो। “यो सफलता हाम्रा सामूहिक योगदान, एकता र सकारात्मक ऊर्जा र सहयोगको प्रतिफल हो,” नगरप्रमुख शाहीले भन्नुभयो।

ADD Khali jpg
ADD Khali jpg
Loading...