आगलागी पीडित व्यवसायीलाई कैलाली उद्योग वाणिज्य संघको ५० हजार राहत

धनगढी- गोदावरी नगरपालिका–५, गेटामा अवस्थित निशा ट्रेडर्स एण्ड सप्लायर्समा भएको भीषण आगलागीबाट क्षतिग्रस्त व्यवसायलाई कैलाली उद्योग वाणिज्य संघले ५० हजार रुपैयाँ नगद राहत सहयोग प्रदान गरेको छ । संघको टोलीले बुधबार घटना स्थलमै पुगेर पीडित देउवा परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

कैलाली उद्योग वाणिज्य संघका सदस्य प्रेम धामीका अनुसार संघका अध्यक्ष पुष्कर राज ओझा, महासचिव दिनेश लम्साल, सचिव प्रकाश कुमार चन्द, कोषाध्यक्ष बोहोरा, सदस्यहरू प्रमिला पाठक, शुभ ठाकुर, तेज बम तथा कार्यकारी अधिकृत दिनेश ओझालगायतको टोलीले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

संघका सचिव प्रकाश कुमार चन्दले आगलागीबाट ठूलो क्षति व्यहोर्नु परेको व्यवसायलाई सानो राहतस्वरूप सहयोग गरिएको बताए । “रकमको आकारभन्दा पनि समस्या पर्दा उद्योग वाणिज्य संघ पीडित व्यवसायीको साथमा छ भन्ने सन्देश दिनु हाम्रो मुख्य उद्देश्य हो,” उनले भने ।

आगलागीका कारण निशा ट्रेडर्स एण्ड सप्लायर्समा लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागी कसरी भयो भन्ने विषयमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ । अचानक घटेको उक्त घटनाले व्यवसायीलाई ठूलो आर्थिक संकटमा पारेको स्थानीयवासीले बताएका छन् ।

पीडित व्यवसायीले उद्योग वाणिज्य संघबाट पाएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै थप सहयोगका लागि सरोकारवाला निकायसँग अपिल गरेका छन् ।

Loading...