लागूऔषध मुद्दामा फरार टीकापुरका ३ जना पक्राउ

धनगढी- लागूऔषध मुद्दामा फरार कैलालीको टीकापुरका ३ जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १ महिना १० दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–१ ब्लक नम्बर–७ बस्ने २८ वर्षीय शंकर खत्री, लागूऔषध मुद्दामै ६ दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–६ कटानपुर बस्ने २४ वर्षीय उमेश चौधरी र सोही मुद्दामै २ महिना ९ दिन कैद सजाय र २५ हजार तोकिएको टीकापुर नगरपालिका–३ बस्ने २० वर्षीय समिर चौधरी रहेका छन् ।

Navadurga sun
Godawari sandesh

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तिनै जनालाई सोमवार  इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

Loading...