धनगढीको जुगेडामा युवाहरूको बिचमा ‘ग्याङ फाइट’

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडामा युवाहरूको बिचमा ‘ग्याङ फाइट’ भएको छ ।

जुगेडाको सी गाउँ र एच गाउँका युवाहरुको बिचमा झडप भएको हो । युवाहरुको दुई समूहको बिचमा झगडा हुँदा पाँच जना घाइते भएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

जिल्ला आपत्कालिक कार्यसञ्चालन केन्द्र, कैलालीको प्रतिवेदन अनुसार धनगढी–१२ जुगेडा सी गाउँका २७ वर्षीय युवकको समूह र एच गाउँका ३५ वर्षीय पुरुषको समूहको बिचमा झगडा भएको हो । सी गाउँका २७ वर्षीय पुरुषको टाउँकोमा चोड लागेको प्रतिवेदनमा भनिएको छ । सोही समूहका २५ वर्षीय पुरुषको हातमा चोट लागेको छ । उनीहरूको धनगढीस्थित माया मेट्रो अस्पालमा उपचार हुँदैछ ।

एच  गाउँका ३५ वर्षीय पुरुषको पनि टाउँकोमा चोट छ। सोही समूहका २७ वर्षीय पुरुषको टाउँको र हातमा चोट रहेको छ । अर्का २७ वर्षीय पुरुषको टाउकोमा चाट रहेको छ । उनीहरू तीन जनाको नोभ अस्पताल, धनगढीमा उपचार जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले उक्त विषयमा जानकारी नभएको प्रतिक्रिया दिएको छ । उनीहरूको बिचमा भएको झगडाको कारणसमेत प्रहरीले सार्वजनिक गरेको छैन ।

Loading...