महालेखा प्रतिवेदनः बाजुराका नौ स्थानीय तहमा १३ करोड बढीको अनियमितता

बाजुरा- जिल्लाका नौवटा स्थानीय तहमा १३ करोड बढी रकम नियमविपरीत उपयोग भएको छ। यहाँका नौवटै पालिकाले विभिन्न शीर्षकमा नियमविपरीत कागजात नपुर्याई भुक्तानी लिएर अनियमितता गरेका महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनमा जनाइएको छ। 

Ganyapdhura gau

यहाँका नौवटै स्थानीय तहले आर्थिक वर्ष २०८०⁄०८१ मा  १३ करोड एक लाख ५२ हजार १०७ अनियमितता गरेका प्रतिवेदनमा उल्लेख छ। स्थानीय तहले दरबन्दीभन्दा बढी करार कर्मचारी नियुक्त गरेर तलब भत्ता भुक्तानी, सवारीसाधन खरिद, अनुगमन, अनुदान, सामान खरिद पत्रपत्रिका लगायत शीर्षकमा नियमविपरीत भुक्तानी गरेका महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा बढी बूढीगङ्गा नगरपालिकामा अनियमितता भएको पाइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नगरपालिकाले आव २०८०⁄०८१ मा तीन करोड ३८ लाख ५७ हजार ७६४ अनियमित गरेको छ। नियमविपरीत करार कर्मचारी नियुक्त गरी तलब भत्ता भुक्तानी, नगर प्रमुखको वैदेशिक भ्रमण, समान खरिदलगायत शीर्षकमा सो रकम उपयोग गरिएको जनाइएको छ । बूढीनन्दा नगरपालिकामा एक करोड ८७ लाख २० हजार ३३६ अनियमितता भएको छ । नगरपालिकाले नियमविपरीत स्वकीय सचिव सहित करार कर्मचारी, उपभोक्ता समितिबाट सामान खरिदलगायत शीर्षकमा उक्त रकम खर्च गरेको हो ।

त्रिवेणी नगरपालिका, बडीमालिका नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका र गौमुल गाउँपालिकाले नियमविपरीत भुक्तानी, करार कर्मचारीको तलब भत्ता, औषधि उपचार, सञ्चारमाध्यम, जनप्रतिनिधिको वैदेशिक भ्रमणलगायत शीर्षकमा नियमविपरीत खर्च गरेका महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ । 

स्थानीय तहमा आवश्यक कागजात नपुगेकाले सबैभन्दा बढी अनुगमन, अनुदान वितरण, सवारीसाधन खरिद र नियमविपरीत करार कर्मचारी नियुक्त गरी ठूलो आर्थिक अनियमितता भएको देखिन्छ । सोही वर्षमा नौवटै स्थानीय तहले नियमविपरीत दरबन्दीबाहेकका कर्मचारी नियुक्त गरी सात करोड २४ लाख ३९ हजार ३४३ तलब भत्तामा खर्च गरेका छन् । रासस

Couple
Loading...