धनगढीबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ

धनगढी- धनगढीबाट भन्सार छलीका सामानसहित २ जना महिला पक्राउ परेका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

धनगढी उपमहानगरपालिका–३ रिङरोडबाट गोदावरी नगरपालिका–१ बस्ने २९ वर्षकी लक्ष्मी भण्डारी र सोही ठाउँ बस्ने ४० वर्षकी सितादेवी ऐरलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले भन्सार छलीका सामानसहित मंगलवार फेला पारी पक्राउ गरेको हो।

Navadurga sun

उनीहरुको साथबाट भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६ लाख १२ हजार ५ सय बराबरको ३०४ पिस सेर्वानी सुट र ९ पिस सल्वार फेला पारी दुवै जनालाई नियन्त्रण लिएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...