

कञ्चनपुर- कञ्चनपुरमा पङ्खा जोड्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–१० देउराली टोलकी ५५ वर्षीय करडीदेवी रावतको करेन्ट लागेर मृत्यु भएको हो ।



जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले आफ्नै घरको कोठामा टेबुल पङ्खा विद्युत्को पलकमा जोड्ने क्रममा हातमा करेन्ट लागेर करडीदेवीको मृत्यु भएको बताएको छ । सोमवार दिउँसो घटना स्थलमा नै उनको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरी चौकी परासनबाट २ जनाको प्रहरी टोली सुरुमा घटनास्थल पुगेको थियो ।


इलाका प्रहरी कार्यालय, त्रिभुवनस्तबाट पनि सात जनाको प्रहरी टोली अनुसन्धानका लागि घटना स्थलमा पुगेको थियो ।

