
कञ्चनपुर- कञ्चनपुरको बेलौरीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् ।


बेलौरी नगरपालिका–९ अण्डैयाटोलको भित्री सडक खण्डमा सोही ठाउँको झरना खोला बस्ने २४ वर्षीय गोविन्दबहादुर कठायतलाई १० ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । कठायतलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।





