इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ४ स्वास्थ्य संस्था सूचीकृत

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल रोजगारीमा जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण गर्न चार स्वास्थ्य संस्थालाई आधिकारिक रूपमा सूचीकरण गरेको छ ।

Ganyapdhura gau

उच्च अदालत पाटनको परमादेश र विशेषज्ञ समितिको सिफारिसका आधारमा मन्त्रालयले यो निर्णय लिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सोमबार प्रकाशित सूचना अनुसार सूचीकृत हुने स्वास्थ्य संस्थाहरूमा ललितपुर सानेपास्थित स्टार हस्पिटल, काठमाडौं मण्डिखाटारको हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स), स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र सिनामंगलमा रहेको किस्टल डायग्नोस्टिक प्रालि छन् ।

मन्त्रालयले उच्च अदालत पाटनको रिट नम्बर ०८१ (डब्लूओ) १२८८ को उत्प्रेषण परमादेश मुद्दामा ६ चैत २०८१ मा जारी आदेश अनुसार विशेषज्ञ समितिको २७ साउन २०८२ को निर्णय र सिफारिसका आधारमा यो सूचीकरण गरेको हो ।

यसअघि पाँच स्वास्थ्य संस्थालाई सूचीकरण गर्न परमादेश जारी भए तापनि मन्त्रालयले हाल चारलाई मात्र सूचीकृत गरेको छ । काठमाडौंको भैँसेपाटीमा रहेको नेपाल मेडिसिटी हस्पिटलका हकमा भने हाललाई सूचीकरण प्रक्रिया स्थगन गरिएको सूचनामा उल्लेख छ ।

यो निर्णयसँगै इजरायलमा सहयोगी कामदार (केयरगिभर) लगायत अन्य क्षेत्रमा रोजगारीका लागि जाने नेपालीले तोकिएका स्वास्थ्य संस्थाबाट आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्ने छ ।

Couple
Loading...