धनगढीमा हर्षोल्लासपूर्वक मनाइयो गुरही पर्व

धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी स्थित गुरही चौकमा थारु समुदायले आज हर्षोल्लासपूर्वक गुरही पर्व मनाएका छन् । सखी सञ्जाल लगायत थारु समुदाय सम्वद्ध विभिन्न संघ संगठन तथा संस्थाहरुको संयुक्त आयोजनामा नाचगान सहित गुरही पर्व मनाइएको हो।

सो अवसरमा गुरही चौकमा स्थापना गरिएको गुरही (गाइनेकिरा) को मूर्ति अनावरण गरिएको छ । प्रदेशको सामाजिक विकासमन्त्री मेघराज खड्काले गुरहीको मूर्ति अनावरण गरेका छन् । 

godawari10 Mahila hinsa
Navadurga sun

सो अवसरमा उनले संस्कृति र प्रकृतिको सम्मान सबैले गर्न आवश्यक रहेको चर्चा गरे । उनले थारु समुदायको गुरही पर्वले एकता र मेलमिलाप बढाएको उल्लेख गर्दै मेलमिलापले मात्रै समाजको विकास हुने बताए । 

Dadeldhura hospital

त्यस्तै, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले पहिले गाउँघरमा मात्रै सीमित गुरही पर्व अब सिंहदरबारसम्म पुगिसकेको बताए । उनले गुरही चौकमा रहेको गुरहीको मूर्ति संरक्षण गर्नु सबैको दायित्व रहेको औंल्याए । भोलिका दिनमा धनगढी उपमहानगरपालिकामा गुरही डिजिटल बन्ने र गुरही चौकको नक्साङ्कन हुने रानाको भनाइ थियो । 

कार्यक्रममा विभिन्न थारु अगुवाहरुले गुरही पर्व र थारु समुदायको रीति, संस्कृतिको बारेमा चर्चा गरेका थिए । विशेष गरेर बालबालिकाको पर्व मानिएको गुरही पर्वमा गुरही पूजा गर्नाले रोगव्याधीले नसताउने, महामारी नफैलिने, प्राकृतिक प्रकोप, सर्प, बिच्छी लगायतबाट जोगिने जनविश्वास रहेको छ । 

यसैगरी, विभिन्न थारु गाउँहरुमा हर्षोल्लासपूर्वक गुरही पर्व मनाइएको छ । यो पर्वमा गुरही (गाइनेकीरा) को प्रतिकको रुपमा कपडाको पुत्ला बनाउने गरिन्छ पर्वको दिन विहानैदेखि महिलाले कपडाको गुरही गुरहा बनाउने गर्दछन् । यसैगरी, केटाहरुले गुरही ठटाउनका लागि सोंता बनाउने गर्दछन् । साँझपख गाउँको दक्षिणतिरको चौक वा सार्वजनिक स्थान वा सडकमा गुरही बिसर्जन गर्ने चलन छ । 

गुरही बिसर्जनको क्रममा मौलिक पोशाकमा सजिएका युवतीहरूले कपडाको गुरही फाल्ने र केटाहरुले “दे घुघ्री, दे घुघ्री” भन्दै सोंटाले ठटाउने चलन छ । त्यसपछि बालिका वा केटीहरुले आफूसँग ल्याएको घु्घ्री (मकै, चना, मटरको भुजा) प्रसादको रुपमा बाँडेर खाने चलन रहेको छ ।

भुसुना, लामखुट्टे जस्ता महामारी फैलाउने कीरालाई गुरहीले खाएर नियन्त्रण गरी मान्छेलाई महामारीबाट जोगाउने कार्य गरेकाले गुरही पूजा गरेर गुरही पर्व मनाउने चलन भएको थारु समुदायका अगुवाहरु बताउँछन् । 

Loading...