


बाजुरा- बहु–बिबाह मुद्दामा फरार बाजुराकी मन्जु रोकाया पक्राउ परेकी छिन् ।


जिल्ला अदालत बाजुराको फैसलाले बहु–बिबाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएकी बाजुराको गौमुल गाउँपालिका१ अमलेस बस्ने २७ वर्षकी मन्जु रोकाया पक्राउ परेकी हुन् । रोकायालाई इलाका प्रहरी कार्यालय गौमुल, बाजुराबाट खटिएको प्रहरी टोलीले शनिवार उनकै घरबाट पक्राउ गरेको हो ।

