गोदावरी नगरपालिकाद्वारा अत्तरिया बजारका सडक नालीहरू सरसफाइ 

अत्तरिया- गोदावरी नगरपालिका अन्तर्गत अत्तरिया बजारका सम्पूर्ण सडक नालीहरूमा सरसफाइ अभियान तीव्र रुपमा अगाडि बढाएको छ । आउँदै गरेको वर्षायामलाई लक्षित गर्दै गोदावरी नगरपालिकाले सोमबार बिहानैदेखि डोजर, टिप्पर र अन्य उपकरण प्रयोग गरी बजार क्षेत्रका नाली सफा गर्न थालेको हो ।

नालीहरूमा प्लास्टिकजन्य फोहोर, लेदो, ढुंगा, इँटा आदि थुप्रिएर साना वर्षामा पनि पानी सडकमा जम्ने समस्या देखिएपछि, समस्या समाधानको प्रयास स्वरूप नगरपालिकाले सरसफाइ कार्य अघि बढाएको हो । नगरप्रमुख बिरेन्द्र भट्ट सहित अन्य कर्मचारी तथा जनजनप्रतिनिधिहरू सरसफाइ अभियानमा जुटेका छन ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

फोहोर व्यवस्थापन शाखाका इन्चार्ज प्रमल महराले जनाए अनुसार, नियमित फोहोर संकलनका लागि बिहान र बेलुकाको समयमा ट्याक्टर परिचालन गरिए तापनि, केही पसलधनीहरूले फोहोर नाली छेउमा राख्ने, वा सडकमै फाल्ने प्रवृत्तिका कारण समस्या झन् बढेको हो । यस्तो लापरवाहीका कारण नालीहरू जाम भई दुर्गन्ध फैलिने अवस्था सिर्जना भएको हो ।

नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गोपाल दत्त भट्टले जनचेतनाको कमीलाई समस्या बढाउने मुख्य कारणका रूपमा औंल्याउँदै भने, “पसल सञ्चालकहरूले फोहोर व्यवस्थित रूपमा ट्याक्टरमा दिनुको सट्टा सडक छेउ र नालीमै फाल्ने गरेका छन् । अब यस्तो प्रवृत्तिलाई अन्त्य गर्न सघन जनचेतना अभियान आवश्यक छ ।”

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टका अनुसार, ” अत्तरिया चोक देखि दक्षिण पर्ने ६ लेन सडकखण्डलाई हस्तान्तरण अघि नै सडकका नालीहरू पुरिएका, फर्माहरु नखोलिनुले बर्षातको समयमा सडक नाली जाम हुने गरेको बताइएका छन ।

ती सडक नालीहरू सफा गरिनु अत्यावश्यक थियो जुन हामीले गरिरहेका छौ, गोदावरी नगरपालिकाले सडक नाली सरसफाइसँगै नालीको ढकनको पुनर्निर्माण कार्य पनि अघि बढाइरहेको बताएका छन । आगामी दिनमा सम्पूर्ण व्यवसायी तथा  स्थानीयवासीहरूलाई फोहोर जथाभावी नगर्न र नगरपालिकाको गाडीलाई सोही अनुसार फोहोर बुझाउन विशेष अनुरोध गरिएको छ ।

Loading...