धनगढीमा लागु औषध बिरुद्ध जनचेतना मुलक कार्यक्रम

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा लागु औषध तथा मदिरा बिरुद्ध जनचेतनामुलक कार्यक्रम गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को सहयोग तथा समर्पण रिहाबिलिटेशनको आयोजनामा लागु औषध तथा मदिरा बिरुद्ध जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

Dadeldhura hospital

पछिललो समय ब्यप्त लागु औषधका बिरुद्ध सबैको एकता आवश्यक रहेको भन्दै यसका बिरुद्ध लाग्नुपर्नेमा सहभागीको जोड थियो ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शेर बहादुर महराले लागु औषध तथा मदिरा नियन्त्रणका लागी वडाले जनचेतना सगैं शुरक्षाकर्मी सगं गस्ती समेत गर्ने गरेको बताए । हामीले गर्न सक्ने काम गरिरहेकै छौ ।

अब सचेत हुनुपर्ने आम नागरिक हो उनले भने “आम नागरिक सबै यसका बिरुद्ध लागौँ, यसले सबै सखाप पार्छ बेलैमा सचेत बन्न जरुरी छ, आम नागरिकले लागु औषध बिरुद्ध मात्रै होइन हामीले गरिरहेका काममा पनि चासो दिनुपर्छ, ताकी हाम्रा काम जनमुखी छनकी छैनन्, तब मात्रै हाम्रा काम प्रभावकारी हुन्छन् ।”

Loading...