भारत–नेपाल सीमामा समन्वय सुदृढ गर्न लखिमपुरको पलियामा जिल्ला स्तरीय बैठक

भारतको लखिमपुर जिल्लास्थित पलियामा आइतबार नेपाल–भारत जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ। ३९औं बटालियन, सशस्त्र सीमा बल (एसएसबी), पलियाको अडिटोरियम हलमा आयोजित सो बैठक लखिमपुर खीरीका जिल्ला अधिकारी दुर्गा शक्ति नागपालको अध्यक्षतामा बसेको हो ।

Ganyapdhura gau

बैठकमा नेपालका वरिष्ठ प्रशासनिक तथा सुरक्षा अधिकारीहरू तथा भारतका जिल्ला प्रशासन, प्रहरी विभाग, सीमा सुरक्षा बल र अन्य सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो । बैठकको मुख्य उद्देश्य नेपाल–भारत सीमामा पारस्परिक समन्वय सुदृढ गर्नु र सीमा क्षेत्रमा शान्ति तथा सुरक्षाको प्रत्याभूति गर्नु रहेको जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

बैठकमा दुबै पक्षले सीमा स्तम्भहरूको वर्तमान अवस्थाको समीक्षा गरेका थिए। क्षतिग्रस्त स्तम्भहरूको तत्काल मर्मत गर्ने सहमति भएको छ । सीमा अतिक्रमण रोक्न समय–समयमा संयुक्त सर्वेक्षण सञ्चालन गर्ने र दुवै देशका स्थानीय प्रशासनबीच घनिष्ठ समन्वय गरी तत्काल कारबाही सुनिश्चित गर्ने निर्णय गरिएको छ ।

Dadeldhura hospital

चेकपोस्टहरूमा ट्राफिक व्यवस्थापन र चेकिङ प्रणालीलाई अझ प्रभावकारी बनाउन सुझावहरू राखिएको थियो । लागूऔषध, हतियार, जनावर तथा दुर्लभ वनस्रोत लगायतका प्रतिबन्धित वस्तुहरूको तस्करी नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच द्रुत सूचना आदानप्रदान प्रणाली स्थापना गर्ने सहमति पनि भएको छ ।

मानव बेचबिखन, बाल श्रम, अवैध आप्रवासन र अन्य आपराधिक गतिविधिहरू नियन्त्रण गर्न सतर्कता बढाउने र संयुक्त गस्ती तथा विशेष अपरेशन सञ्चालन गर्ने निर्णय समेत गरिएको छ । साथै, भारत–नेपाल सीमावर्ती स्थानीय अधिकारीहरू बीच समय–समयमा बैठक आयोजना गरेर समस्या समाधानलाई तिव्रता दिने निर्णय गरिएको छ ।

बैठकले सीमा क्षेत्रमा हुने कुनै पनि घटनाबारे छिटो जानकारी आदानप्रदान गरी तत्काल प्रतिक्रिया दिन संयुक्त सञ्चार प्रणाली विकास गर्ने सहमति पनि गरेको छ ।

दुवै देशका सुरक्षा निकायले आपसी सहयोग, संवाद र समझदारीबाट सीमा क्षेत्रलाई अपराधमुक्त र शान्तिपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सहभागी अधिकारीहरूले पारस्परिक विश्वास र सद्भाव प्रवर्द्धन गर्दै यस्ता समन्वय कार्यक्रमहरूमा भविष्यमा पनि सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Couple
Loading...