उपसचिव र अधिकृत पदमा सुदूरपश्चिम लोक सेवा आयोगले विज्ञापन खुलायो 

अत्तरिया- सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौँ तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले खुला र बढुवा प्रतियोगिता मार्फत पदपूर्तिका लागि विज्ञापन खुलाउँदा पहिलोपटक थारू कोटा पनि छुट्याएको छ।

आयोगले लेखा समूहको उपसचिव पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन द्वारा हुने बढुवाका लागि २ जना र कार्यक्षमताको मूल्यांकन द्वारा हुने बढुवाका लागि ३ जनाका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुला तथा समावेशी मार्फत गरिने पदपूर्तिका लागि ४ जनाका लागि विज्ञापन खुलेको छ ।

Navadurga sun

यसैगरी लेखा र शिक्षा सेवा तर्फका अधिकृत पदका लागि ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकन द्वारा हुने बढुवाका लागि अप्राविधिकतर्फ ११ जना, कार्यक्षमताको मूल्यांकन द्वारा हुने बढुवाका लागि १४ जना र प्राविधिकतर्फ १ जनाका लागि विज्ञापन खुलेको छ ।

यसैगरी आन्तरिक प्रतिस्पर्धा, अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापनका लागि अधिकृत सातौँ अप्राविधिक पदका लागि ३९ पदमा विज्ञापन खुलेको छ । यसका लागि थारु/राना थारुका लागि पनि २ वटा कोटा छुट्याइएको छ।

यसैगरी प्राविधिकतर्फ ८ जनाका लागि विज्ञापन खुलेको छ । आयोगका अनुसार दरखास्त दिने म्याद २०८१ वैशाख २० गते सम्म। दोब्बर दस्तुर तिरेर बैशाख २७ गतेसम्म दरखास्त बुझाउन सकिने छ । परीक्षा केन्द्र धनगढी कैलाली तोकिएको छ । लिखित परीक्षा कार्यक्रम भने पछि प्रकाशन गरिने आयोगले जनाएको छ ।

थारू कोटा छुट्याएर पहिलो पटक विज्ञापन
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगका सचिव वसन्तप्रसाद कोइरालाका अनुसार थारु कोटा छुट्याएर पदपूर्तिका लागि विज्ञापन खुलाएको यो पहिलो पटक हो ।

‘प्रदेशको निजामती सेवा ऐन र नियमावली अनुसार थारु कोटा छुट्याएर पदपूर्ति गर्न लागिएको हो,’ सचिव कोइरालाले भने, ‘मंसिरमा नियमावली आयो, त्यसपछि थारु कोटा छुट्याएर विज्ञापन खोलेको यो पहिलो हो ।’ सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐनमा थारु/राना थारुका लागि १३ प्रतिशत आरक्षण छ ।

त्यसैगरी महिलाका लागि ३३, दलितका लागि १४, आर्थिक रुपले विपन्न खस आर्यका लागि ११ प्रतिशत छुट्याइएको छ । यसैगरी आदिवासी जनजातीका लागि १०, पिछडिएको क्षेत्रका लागि १० र अपांगका लागि ४ प्रतिशत आरक्षण छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...