दुर्गालक्ष्मी दौडिन्छ म्याराथन दौड प्रतियोगिता आयोजना हुने

अत्तरिया- आगामी चैत्र २९ गते कैलालीको अत्तरियामा ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ। दुर्गालक्ष्मी नमुना माविको स्वर्ण महोत्सवको अवसर पारेर दुर्गालक्ष्मी पूर्व विद्यार्थी मञ्चले ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको हो ।

Ganyapdhura gau

म्याराथनबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा यस क्षेत्रमा बसोबास गर्ने आम जनसमुदायलाई दौडको महत्व झल्काउनु म्याराथनको उदेश्य रहेको मञ्चका अध्यक्ष नारद प्रसाद भट्टले बताए । यस कार्यक्रमले दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुलाई संगठित गरी एक आपसमा एकता, सद्भाव र भाइचार अभिवृद्धि गर्ने, आगामी दिनमा समेत यस प्रकारका रचनात्मक कार्यहरु गर्न प्रेरित गर्ने उनको भनाई छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

म्याराथनबाट संकलित रकमबाट एउटा अक्षय कोषको स्थापना गरी विद्यालयमा अध्ययनरत बिपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, विद्यालयको भवन, पुस्तकालय लगायतका भौतिक संरचना निर्माणमा सहयोग पुर्याउने, विभिन्न सांस्कृतिक, साहित्यक, खेलकुद र विज्ञान तथा प्रबिधिसंग सम्बन्धित कार्यक्रमहरु संञ्चालन गरी विद्यार्थीहरुको क्षमता विकास गर्ने, आपत्कालिन अवस्थामा राहात वितरण गर्ने जस्ता सेवामुलक उद्देश्य राखी कार्यक्रमको थालनी गरिएको भट्टले बताए ।

मानव शरीरलाई तन्दुरुष्त राख्न गरिने विभिन्न क्रियाकलापहरु मध्ये खेलकुदको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको र यसले मानव शरीरलाई अनेकौं शारीरिक एवं मानसिक फाइदाहरु दिँदै विभिन्न रोगहरुको निवारण समेत गर्ने पनि मञ्चको भनाई छ । म्याराथनका विजेताले २१ हजार १११ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी दोस्रो हुनेले ११ हजार १११, तेस्रो स्थान प्राप्त गर्नेले ५ हजार १११ रुपियाँ पुरस्कार प्राप्त गर्ने भट्टले बताए । २९ गते बिहान ६ः३० बजे दुर्गालक्ष्मी नमुना मावि देखि तेघरी स्थित वनदेवी मन्दिर सम्म दौड प्रतियोगिता हुनेछ । सहभागिहरुले चैत्र २८ गते बेलुकी ७ बजे सम्म नाम दर्ता गर्न सकिने र नाम दर्ता शुल्क ५ सय रुपिँया लाग्ने आयोजकले जनाएको छ ।

Loading...