जिपको ढालाबाट खसेर डोटीमा गाडी साहुको मृत्यु

डोटी । डोटीमा जिपको ढालाबाट खसेर गाडी साहुको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–१ तिखाको भित्रि सडक खण्डमा दिपायलबाट आदर्श गाउँपालिका तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४११८ नम्बरको बोलेरो जिप पछाडी सवार दिपायल सिलगढी नगरपालिका–२ कुचेडा बस्ने गाडी साहु ३४ वर्षीय ज्ञानेन्द्रबहादुर बोहराको मृत्यु भएको हो।

Dadeldhura hospital

बोहरा जिप पछाडी ढालामा बसेको अवस्थामा जिपबाट सडकमा खसेर घाईते भएका थिए। उनलाई उपचारको लागी शैलेश्वरी अस्पताल दिपायल लगिएकोमा सोमवारनै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

जिप र जिप चालक आदर्श गाउँपालिका३ नुवाकोट बस्ने २३ वर्षीय विराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...