बाजुराको गौमुलका विभिन्न स्थानमा फलाम खानिको सम्भाव्यता अध्ययन

बाजुरा- बाजुरामा फलाम खानीको प्रारम्भीक अध्ययन गरिएको छ । जिल्लाको गौमुल गाउँपालिकाका विभिन्न स्थानमा नेपाल सरकारको खानी तथा भूगर्भ विभागको जियोलोजिष्ट टोलीले फलाम खानीको प्रारम्भीक अध्ययन गरेको हो ।

Ganyapdhura gau

टोलीले सम्भावित स्थानमै पुगेर प्रारम्भीक अध्ययन सम्पन्न गरेको छ । गाउँपालिकाले पालिकाका विभिन्न स्थानमा फलाम खानी रहेको तथ्यसहित सम्भाव्यता अध्ययनको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्राचार गरेको थियो । नेपाल सरकारको खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट नविन विक र राजेश शर्माको टोलीले सयौं वर्ष पहिले फलाम उत्खनन् गरिएका गुफाहरूमा पुगेर प्रारम्भिक अध्ययन गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले गाउँपालिकाका विभिन्न स्थानमा सयौँ वर्ष पहिले फलाम उत्खनन् गरिएका प्रमाणहरुका आधारमा फलाम खानीको अध्ययन गरिएको बताईन‘सयौं वर्ष पहिले फलाम उत्खनन् गरिएका धाउ र सामाग्री निर्माणका लागि प्रयोग भएका प्रमाणहरूको आधारमा फलाम खानीको अध्ययन गरिएको हो’ उनले भनिन् ।

जियोलोजिष्ट नविन विकले पालिकाका विभिन्न स्थानमा प्रारम्भीक अध्ययन गरिएको बताए । उनका अनुसार परम्परागत समयमा फलाम उत्खनन् गरिएका माडि खोलामा रहेको बाम्णा धाउ गुफा, अम्लिसको नुवामाटा, भूटिपरी, रनेडा, आला, निलासैन आदि स्थानहरूमा फलाम खानीको प्रारम्भिक अध्ययन गरिएको हो ।

पहिलो चरणमा संकलित स्याम्पलहरूको परीक्षण गरिने र रिपोर्टको आधारमा आगामी चरणमा पुनः अध्ययन गरिने उनको भनाइ छ । एक हप्तासम्मको अध्ययनको क्रममा भेटिएका स्याम्पलहरू काठमाण्डौं लगिएको र यसको परीक्षण पछि फलामको अस्तित्व पुष्टि गरिने बताईएको छ । फलाम खानिको सम्भाव्यता अध्ययन गरिएपछि स्थानीय बासिन्दाहरू उत्साहित भएका छन्।

Couple
Loading...