भूमी सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्ष भित्र समस्या समाधान गर्नेः मुख्यमन्त्री शाह

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भूमी सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्ष भित्र समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ ।

Dadeldhura hospital

मंगलबार भूमि समस्या समाधान आयोग कैलालीले धनगढीमा आयोजना गरेको भूमि समस्या समाधान आयोगको कामसँग सम्बन्धित विषयमा स्थानीय तहका पदाधिकारीहरूका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, “प्रदेशलाई अधिकार प्राप्त हुने हो, भने यो प्रदेशको भूमी सम्बन्धी समस्या तीन वर्ष भित्र समाधान हुन्छ ।” “एकैठाउँमा अधिकार भएकारण समस्या हो,” मुख्यमन्त्री शाहले भने “संघ सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छ ।”

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मुख्यमन्त्री शाहले संघीय ऐन कुराहरु छन, प्रदेश ऐनका कुराहरु छन, यी सबैका बीच प्रदेश सरकार सरासर सधैका लागि यो समस्या समाधान गर्न पर्छ भन्ने हिसाबमा लागेको बताए ।

Loading...