वडा केन्द्रित जरा अभियान चुरे ६ मा सम्पन्न

अत्तरिया- कैलालीकाे चुरे गाउँपालिका ६ शान्तिनगर मा नेकपा एमालेको वडा केन्द्रित जरा अभियान सम्पन्न भएको छ । जरा अभियान सम्पन्न कार्यक्रमको सभाध्यक्ष चुरे ६ वडा कमिटी अध्यक्ष रेशम थापा रहेको सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य हरी शंकर योगी प्रमुख अथिती रहेका थिए । 

त्यस्तै विशिष्ट अथिती सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य किशन सि साउद रहेका थिए । जिल्ला कमिटी सदस्य तथा चुरे ४  इन्चार्ज  प्रेम बहादुर साउद, जिल्ला कमिटी सदस्य तथा  वडा नम्बर ६ इन्चार्ज  दिपा देवी साउद, चुरे गाउँ कमिटी अध्यक्ष दान बहादुर महरा, सुदूरपश्चिम विश्व विद्यालय राष्ट्रिय कमिटी संयोजक गणेश नाथ योगी, प्रेस चौतारी नेपाल कैलाली जिल्ला कमिटी सचिवालय सदस्य नरेश नाथ योगी लगायत विभिन्न कमिटी पदाधिकारीहरू लगायतको सहभागितामा सम्पन्न भएको थियो । 

Navadurga sun

वडाको सम्पन्न जरा अभियानको क्रममा २ जनाले पाटी प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा नेपाली काग्रेसका सक्रीय सदस्य देब सिह ऐर र चुरे ६ का अगुवा कृषक दिल बहादुर ठाडा नेकपा एमालेमा प्रवेश गरेका छन् । 

ADD Khali jpg
ADD Khali jpg
Loading...