कञ्चनपुरमा घर, गोठमा आगलागी

Dadeldhura hospital

धनगढी । कञ्चनपुरको दोधारा चाँदनीमा एक घर गोठमा आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ । शनिवार साँझ दोधारा चाँदनी नगरपालिका – ९ झाक्रीटोलका बस्ने कर्ण बहादुर शाहीको खरले छाएको १ तले १ कोठे कच्ची भान्सा घर र टिनले छाएको १ कोठे गोठमा बिद्युतको तार सर्ट भई आगलागी १ लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट भान्सा कोठा र गोठभित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडा वर्तन, काठ लगायतका सामानहरू जलेका छन् ।

Loading...