अछाममा चौध हजार किशोरीलाई एचपिभी खोप दिइने

अछाम- अछाममा करिब १४ हजार किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १३ हजार ९२१ जना किशोरीलाई खोप लगाइने भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा १६२ विद्यालय र ९७ स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएका छन् । विद्यालयमा रहेका खोप केन्द्रबाट १३ हजार ६१३ छात्रा र विद्यालय नजाने २४८ बालिकालाई खोप लाइने स्वास्थ्य कार्यालय अछामका प्रमुख दीपेन्द्र जोशीले जानकारी दिनु भयो ।

Navadurga sun
Godawari sandesh

विद्यालयमा खोप पाउनेमध्येमा कक्षा ६ का दुई हजार ९७६ र कक्षा ७ देखि १० सम्मका १० हजार ६९७ छात्रा रहेका बताइएको छ । यस्तै विद्यालयबाहिर रहेका १० वर्ष उमेरका २० जना र ११ वर्षदेखि १४ वर्ष उमेरका २२८ जना रहेका जोशीको भनाइ छ ।

अछामका १० पालिका मध्ये सबै भन्दा बढी पञ्चदेवल विनायक नगरपालिकामा १ हजार ६४८ र सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ८२७ जनालाई एचपिची खोप लगाइने छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर सम्बन्धित स्थानीय तहमा खटिसकिएको बताइएको छ ।

Couple
Loading...