पत्रकार महासघं कैलालीका नवनिर्वाचित पत्रकारहरूलाई धनगढी महोत्सवमा माला लगाएर सम्मान

धनगढी- नवनिर्वाचित पत्रकार महासघं कैलालीका अध्यक्ष सहित कार्यसमितिलाई कैलाली उद्योग वाणिज्य सघंले बधाई सहित सम्मान गरेको छ । आइतबार सुदूरपश्चिम महोत्सवमा निमन्त्रणा गर्दै उद्योग वाणिज्य सघं कैलालीलाई नवनिर्वाचित अध्यक्ष श्रवण देउवा सहित टिमलाई सम्मान गरेको हो ।

Ganyapdhura gau

कैलाली उद्योग वाणिज्य सघंका अध्यक्ष पुस्पराज कुँवर तथा महासचिव ओम बिष्ट सहितको टिमले नवनिर्वाचित महासघंको टिमलाई माला लगाएर सम्मान गरेको हो । उद्योग वाणिज्य सघंबाट सम्मान पश्चात नवनिर्वाचित अध्यक्ष श्रवण देउवाले धन्यवाद ब्यक्त गरेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

लोकतन्त्र र सबिंधानको रक्षाका लागी पत्रकार महासघं सधैँ कटिबद्ध रहेको बताउँदै देउवाले यहाँको औंद्योगिक तथा पर्यटनको विकासका लागि कैलाली उद्योग वाणिज्य सघंसंग सहकार्य रहने विश्वास ब्यक्त गरे ।

मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं कैलालीको अध्यक्षमा श्रवण देउवा, उपाध्यक्षमा बिराज रोस्यारा, महिला उपाध्यक्षमा भावना जोशी, सचिवमा तेजराज भट्ट, सह सचिव खुलामा शकंर बोहरा तथा समावेशी सह सचिवमा निराजन परियार र कोषाध्यक्षमा सुनिल आउजी निर्वाचित भएका थिए ।

खुला सदस्यमा बालकृष्ण ओझा, कैलाश जोशी, दिनेश बिष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकु सिंह ठकुरी र चन्द्र प्रसाद खनाल विजयी भएका थिए । यस्तै अन्य सदस्यहरूमा अनिता चौधरी, विवेक कुमार नागरी, सुधराम दहित, जगत जैगडी र टेकसिंह धामी निर्वाचित भएका थिए । 

Loading...