​​​​​​​पत्रकार महासंघ कैलालीको निर्वाचनमा निर्वाचित उम्मेदवार (मतपरिणाम सहित)

अत्तरिया- नेपाल पत्रकार महासंघ कैलालीमा उपाध्यक्ष सहित १४ पदका लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । शुक्रवार भएको मतदानको राती मत परिणाम सार्वजनिक भएको हो । कैलालीमा अध्यक्ष सहित ३ जना पदाधिकारी र ३ जना सदस्य निर्विरोध निर्वाचित हुँदा १४ पदका लागि निर्वाचन भएको थियो ।

Ganyapdhura gau

निर्वाचनको अन्तिम नतिजा अनुसार महासंघको उपाध्यक्षमा बिराज रोस्यारा निर्वाचित भएका छन् । उनी १०४ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी झालनाथ खनालले ४१ मत पाएका छन् । त्यस्तै सचिव पदमा तेजराज भट्ट निर्वाचित भएका छन् । उनी १ सय मतका साथ विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी सुशील ढुंगानाले ४७ मत पाएका छन् ।

Navadurga sun
Godawari sandesh

त्यस्तै कोषाध्यक्षमा सुनिल आउजी विजयी भएका छन् । उनी ९६ मतका साथ विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी घनश्याम पौडेलले ४४ मत पाएका छन् । त्यस्तै सह–सचिव (समावेशी) मा निराजन परियार विजयी भएका छन् । उनी ७९ मतका साथ विजयी हुँदा उनका प्रतिद्वन्द्वी सुरेन्द्र ताम्राकारले ५३ मत पाएका छन् ।

Dadeldhura hospital

त्यस्तै खुला सदस्यमा बालकृष्ण ओझा १०४ मत, कैलाश जोशी ९८ मत, दिनेश विष्ट ९६ मत, गगन अयडी ८५ मत, रतनलाल चौधरी ८४ मत, वीरेन्द्र शाह ७४ मत, लोकु सिंह ठकुरी ६९ र चन्द्र प्रसाद खनाल ६८ मतका साथ विजयी भएका छन् । सदस्य पदमा १५ जनाको उम्मेदवारी परेको थियो । पराजित भएका सदस्य जनार्दन उपाध्यायले ५६ मत, लोक बहादुर देउवाले ५५ मत, शेर बहादुर विष्टले ५३ मत, अंकुश कुँवरले ५२ मत, भीम बहादुर विकले ३२ मत र हिमेश विकले १८ मत पाएको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै महिला सदस्यमा अनिता चौधरी ८७ मतका साथ निर्वाचित भएकी छिन । उनकी प्रतिद्वन्द्वी रमा चन्दले ५२ मत पाएकी छिन । दलित सदस्यमा विवेक कुमार नागरीले ७७ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी मंगल विकले ५३ मत पाएका छन् । यस अघि पत्रकार महासंघ कैलालीको अध्यक्षमा श्रवण देउवा, महिला उपाध्यक्षमा भावना जोशी र सह–सचिवमा शङ्कर बोहरा निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य समावेशीमा टेकसिंह धामी निर्विरोध निर्वाचित भएका थिए । कैलालीमा देशरभ जस्तै प्रेस युनियन र प्रेस चौतारी बीच गठबन्धन भएको थियो । प्रदेशको अन्तिम मत परिणाम आउने क्रम जारी नै रहेको छ ।

 

Couple
Loading...