नगर प्रमुख हमाललाई आइसियुबाट निकालेर वार्डमा सारिने

धनगढी- स्वास्थ्य समस्या आइ भारतको नयाँ दिल्ली साकेत स्थित म्याक्स अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई सघन उपचार कक्ष (आइसियु) बाट निकालेर प्राइभेट वार्डमा सारिने जनाइएको छ ।

उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि बिहीबार आइसियुबाट प्राइभेट वार्डमा सार्ने नगर प्रमुख हमालकी छोरी आरजुले जानकारी दिइन् । शुक्रबार देखि स्वास्थ्य समस्या भएका हमालको न्युरेइन्टेन्सिभ केयर आइसियु र स्ट्रोक युनिटमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य सुधार भइरहेका हमाललाई भोलि वार्डमा सारे पनि चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिने जनाइएको छ।

Navadurga sun

चिकित्सकले उनलाई पूर्ण आराम गर्न सल्लाह दिएको नगर प्रमुख हमालको निजी सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार उहाँलाई अझै केही समय चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने भएकाले परिवारका सीमित सदस्य बाहेक केही दिनसम्म अरूलाई भेट गर्न प्रतिबन्ध लगाइएको छ ।

स्वास्थ्य समस्या भएपछि सुरुमा धनगढीस्थित मायामेट्रो अस्पताल भर्ना गरिएको नगर प्रमुख हमाललाई मस्तिष्क घातको समस्या भएको चिकित्सकले बताएपछि थप उपचारका लागि दिल्लीतर्फ लगिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...