कैलालीको गोदावरीबाट ८ जुवाडे पक्राउ

अत्तरिया- कैलालीको गोदावरीबाट जुवाखालको सुरक्षार्थ खटिएका सेन्ट्रीसहित ८ जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर ३ बस्ने ४१ वर्षीय जगत सुनार, टिकाराम कडारा, ३१ वर्षीय तेजु भट्टराई र शंकर कडारा रहेका छन् ।

त्यस्तै २९ वर्षीय राजु बिक,गोदावरी १० बस्ने ३२ वर्षीय तारा प्रसाद चौधरी र ३५ वर्षीय राम प्रकाश चौधरी रहेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनीहरुलाई गोदावरी ३ स्थीत मुक्ति शिविरको खुल्ला चौरबाट इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले बुधबार मध्यराती पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पैतिस हजार सात सय बहत्तर रुपियाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै जुवाखालको सुरक्षार्थ खटिएका गोदावरी ३ का १८ वर्षीय प्रसान्त पन्तलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान भईरहेको बताइएको छ ।

Loading...