


अत्तरिया- नेकपा एमालेका सचिब लेखराज भट्टले सुदूरपश्चिमको वृहत विकास को लागि यहाँको नेतृत्व एक ठाउँमा उभिनुपर्ने बताएका छन् । मंगलबार अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


‘‘अहिले सवै आत्म केन्द्रित देख्छु मैले, अब यो यत्रो मिहेनत गरेर हामिले गेटा मेडिकल विश्वविद्यालय बनाउने भन्यौं । मान्छेका आ–आफ्ना स्वार्थ छन्, मेडिक कलेज हुन नदिन पुरै कसरत गरेर लागेका छन’ उनले भने ।



नेता भट्टले डडेल्धुराको विरोध नगरेको बताए । ‘मैले डडेल्धुराको बिरोध गरेको होइन, मेडिकल त्यहाँ आवश्यक हो कि होइन ? अब अहिले पहाडी जिल्लाका हामी सबै तल माइग्रेट भएका छौँ । मेडिकल कलेज बनाउँदै छौँ भने जहाँ जनसंख्या नै छैन, बिरामी छैन, त्यहाँ बनाउँदै छौँ । जहाँ राज्यको ७/८ अरव खर्च भैसक्यो त्यसलाई हुन नदिन पुरै कसरत गरिराख्या छन’ उनले भने ।
नेता भट्टले सुदूरपश्चिममा विश्वविद्यालय भन्दा पनि मेडिकल कलेज भए पनि हुने बताए । ‘विश्वविद्यायलय बनाउने की मेडिकल कलेज ? हामी नै एकमत हुन सकेका छैनौं । त्यसो भए, किन टियु चाहियो, किन सुदूरपश्चिम विश्विद्यालय चाहियो त ? हामी देशकै विश्विद्याललय बनाउन लागेका छौँ तर हाम्रै क्षेत्रका राजनीतिमा लागेका, सामाजिक क्षेत्रमा लागेका मान्छेहरु किन बिश्वबिद्यालय चाहियो भन्छन् ?’ उनले भने ।
पुर्वमन्त्री समेत रहेका भट्टले सुदूरपश्चिम प्रदेशको राजधानीको बारेमा प्रदेश सरकारले उच्चारण नै गर्न छोडेको बताए । ‘अन्य प्रदेशले राजधानी बनाइसके ।
कानुन मै के छ भने सीमा भन्दा १५ किलोमिटर भीत्र बनाउनु भनेर तर प्रदेश सरकारले उच्चारण पनि गरेको छैन’ उनले भने । भट्टले यहाँका बिकासका ठुला परियोजनाको बारेमा बौद्धिक बहस हुनुपर्ने समेत बताए ।





