नेपाल एसबीआई बैंक गन्यापधुरा शाखाद्वारा विद्यार्थीलाई झोला वितरण 

डडेल्धुरा- डडेल्धुराको नेपाल एसबीआई बैंक गन्यापधुरा शाखाद्वारा विद्यार्थीलाई झोला वितरण गरिएको छ ।
बैंकको गन्यापधुरा शाखाले श्री गणेश माध्यमिक विद्यालय गन्यापधुरा गाउँपालिका-२ बडालका विद्यार्थीलाई झोला वितरण गरेको हो ।

Dadeldhura hospital

संस्थागत सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता कार्यक्रम अन्र्तगत बैंकले विद्यालयमा अध्ययनरत बालविकास तहदेखि कक्षा ५ सम्मका सम्पूर्ण छात्रछात्रालाई विद्यालय झोला प्रदान गरेको जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun


बैंकले स्कुलका अभिभावक तथा स्थानीय जनताहरूलाई वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

यस अघि पनि सो बैंकले चारवटा कार्यक्रम गन्यापधुरा गाउँपालिकामा सञ्चालन गरिसकेको छ । सो कार्यक्रममा गन्याधुरा गाउँपालिकाका जनप्रतिनिधिहरू तथा गन्याधुरा गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत शिक्षा विभाग प्रमुख तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो ।  

Loading...