

अत्तरिया- सुदूरपश्चिम सरकारले भाद्र ३१ गते दोस्रो पटक संसदमा प्रस्तुत गरेको बजेट माथि आज देखि छलफल हुने भएको छ । यस अघि शुक्रबार देखि बजेट माथि छलफल गर्ने भनिए पछि सत्तारुढ दलहरु बिच कै मतभेदका कारण बैठक बस्न सकेको थिएन ।



असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि अहिलेको सरकारले असार १ गते प्रस्तुत बजेट फिर्ता लिएर दुई महिना पछि अर्को बजेट ल्याएको थियो ।


प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेका लागि बैठक आव्ह्रान गरेको थियो। तर, शुक्रबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलहरु भित्र सहमति नबनेपछि बैठक नै स्थगित गरिएको थियो ।
त्यस पछि शुक्रबार साँझ पुनः बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलका सांसदहरु बिच शनिबार बैठक राखेर बजेट माथिको छलफल सुरु गर्ने समझदारी भएको थियो ।

