सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी सरकारबाट बाहिरिन आन्तरिक गृहकार्यमा

अत्तरिया- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी सरकारबाट बाहिरिनेबारे आन्तरिक गृहकार्य तथा परामर्शमा जुटेका छन्। अल्पमतमा परिसकेका मुख्यमन्त्री सोडारीले साउन १८ गतेभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार उनी सत्तासीन राजनीतिक दलसहित सरोकारवालासँग छलफलमै रहेको बताएका छन् ।

Dadeldhura hospital

मुख्यमन्त्री सोडारीले भने,‘आज पनि छलफलमै छु । संसदमा आफ्नो कुरा राख्ने र साथीहरू (प्रतिपक्ष) सरकार सञ्चालनमा अगाडि बढ्नुस् भन्दै शुभकामना दिने हो ।’

Navadurga sun
Godawari sandesh

सरकारप्रति तथा अहिले उत्पन्न बजेटको जटिलताबारे आफू निकै गम्भीर रहेको बताउँदै उनले माथिल्लो राजनीतिक खिचातानीले यहाँ प्रदेशमा समस्या आएको स्पष्ट पारे । उनले भने, ‘यहाँ त कुनै समस्यै छ नि । समस्या त माथिबाट सिर्जना गरिएको हो । नत मेरो एमालेका राजेन्द्र रावल दाइसँग कुनै वैमनस्यता छ, नत कांग्रेसको कमल शाहसँग । मलाई मुख्यमन्त्री बनाउन सिफारिस गर्ने रावल नै हो । मैले उहाँहरूलाई चाहिने र उहाँहरूलाई म पनि चाहिने नै हो ।’

असार १७ गते एमाले र कांग्रेसबिच भएको राजनीतिक सहमतिपछि सोडारी नेतृत्वको सरकारबाट एमाले बाहिरिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।

Loading...