धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी- कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको  से ३ प ५६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो ।

Navadurga sun

दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका–८ का  कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। पछाडि सवार सोही स्थानका २८ वर्षीय यादव चौधरी सामान्य घाइते भएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...