पत्रकार महासंघ कैलाली शाखामा प्रेस युनियनको धर्ना

धनगढी- नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ कैलाली शाखामा धर्ना दिएको छ । सोमबार प्रेस युनियन कैलाली शाखा र प्रदेश समितिले सँयुक्त रुपमा धर्ना दिएका हुन् ।

पाँच बुँदे माग राख्दै धर्ना कार्यक्रमको आयोजना गरिएकोे नेपाल प्रेस युनियन कैलाली शाखाका सचिव शंकर बोहराले जानकारी दिए ।

Navadurga sun

नेपाल पत्रकार महासंघका कुनै वैध संरचनाले सिफारिस नगरिएका गैर पत्रकारको सदस्यता खारेज गर्नुपर्ने,पत्रकार महासंघका शाखा, प्रदेश समितिले विधान, विधि, प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर्नुपर्ने, क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्नुपर्ने, नेपाल पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर्नुपर्ने,सदस्यता विवाद टुंग्याएर नेपाल महासंघको निर्वाचन हुने वातावरण सुनिश्चित गर्नुपर्ने प्रेस युनियनको माग रहेको उनले बताए । माग पूरा नभए सम्म धर्ना जारी रहने उनको भनाइ छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...