

धनगढी- श्रमिक दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले शुभकामना दिएका छन् । बुधबार मनाइएको १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना मुख्यमन्त्री सोडारीले दिएका हुन् ।



मुख्यमन्त्री सोडारीले शुभकामना सन्देश जारी गर्दै मजदुरहरूले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरूको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस् भन्दै शुभकामना दिएका हुन् ।


विश्व श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति र समृद्धिको कामना समेत गरेका छन् ।


