सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रञ्जिताको ह्विप

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन सांसदलाई ह्वीप जारी गरेकी छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदैछन् । उनलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे विवाद हुँदा पार्टीनै विभाजनको डीलमा पुगेको बेला आज एक सूचना जारी गर्दै अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेकी हुन् ।

Navadurga sun
Godawari sandesh

‘नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले कमलबहादुर शाहले लिन गइरहेको विश्वासको मतको विपक्षमा मतदान गर्नु हुन निर्देशनसहितको ह्विप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ । मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदैछन् । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा नाउपाका ७ जना सांसद छन् तीमध्ये ५ जना मन्त्री छन् ।

Loading...