कैलालीको लम्कीमा ट्रमा सेन्टर बनाउन जग्गा प्राप्ती नहुँदा काम अघि बढ्न सकेन

कैलाली- कैलालीको लम्कीचुहामा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ। ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार रु पाँच करोड विनियोजन गरिएको थियो।

Dadeldhura hospital

तर भवन बनाउनका लागि जग्गा प्राप्त हुन नसक्दा उक्त रकम ‘फ्रिज’ भएको थियो। सो कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले लम्कीमा प्राथमिक ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्राप्त हुन नसक्दा ठेक्का प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए। उनले लम्कीमा ५० श्ययाको ट्रमा सेन्टर निर्माणका लागि चालु आवमा ०८०/८१ मा बहुवर्षीय योजनाअन्तर्गत रु पाँच करोड बजेट बजेट विनियोजन गरिएको बताए।

Navadurga sun
Godawari sandesh

उनले जग्गाको सुनिश्चितता गर्न स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकालाई आग्र्रह गर्दै आएको पनि जानकारी दिए। पूर्व पश्चिम राजमार्गअन्तर्गत चिसापानी–लम्की खण्डमा अत्यधिक दुर्घटना हुने र घाइतेले समयमै उपचार नपाउँदा अकालमै मृत्यु हुने गरेको जनाइएको छ। ट्रमा सेन्टर नहुँदा सामान्य उपचारदेखि आकस्मिक उपचारका लागि यस क्षेत्रका नागरिक नेपालगञ्ज तथा भारत जानुपर्ने बाध्यता रहेको छ। यसैगरी सेती प्रादेशिक अस्पतालको आकस्मिक सेवा भवन निर्माणका लागि जग्गाको टुङ्गो लाग्न सकेको छैन्। भवन निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गाको टुङ्गो नलाग्दा भवन निर्माणको ठेक्का प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ। रासस

Loading...