

धनगढी- नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संरक्षक बिच तीव्र मदभेद हुँदा विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी बीचको विवाद सुदूरपश्चिम प्रदेश सरकार मार्फत् प्रकट भएको छ ।



सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाउने विषयले पार्टी दुई धारमा बाँडिएको हो । शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी, खुसीराम डगौरा थारू मन्त्री नियुक्त र इन्दिरा गिरी राज्यमन्त्री नियुक्त भएकी थिइन् ।


चौधरीलाई आर्थिक मामिला मन्त्री तोकिएको छ भने थारूको जिम्मेवारी तोकिन बाँकी छ । गिरीलाई भने भूमि व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । अध्यक्ष श्रेष्ठले पार्टी केन्द्रको निर्देशन विपरीत सरकारमा सहभागी भएको भन्दै कारबाही गर्ने बताएकी छिन् ।

