परशुराम नगरपालिकामा फागुन १३ गते देखि दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन हुने

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाले फागुन १३ गते देखि दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । केन्द्र सरकारको अभियान अन्तरगत नगरपालिकाले फागुन १३ गते देखि बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्ने भएको हो ।

बिहीवार नगरपालिकाको स्वास्थ्य शाखाले पालिका स्तरीय एक दिने कार्यशाला गोष्ठीको आयोजना गर्दै दादुरा-रुवेला विरुद्धको राष्ट्रिय खोप अभियानको विषयमा जानकारी दिएको छ । नगरपालिका भित्रका ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप दिन लागेको जनाइएको छ ।

Navadurga sun

उक्त खोप अभियानलाई अभियानलाई प्रभावकारी बनाउनका लागि पालिका १२ वटै वडा गाउँ टोल समुदायमा बालबालिकाहरूलाई तोकिएको समय भित्र स्थानमा गई खोप लगाउन सम्पुणर् परशुराम नगर बासिन्दा जनसमुदायहरूमा अनुरोध गरिएको छ ।

गोष्ठी कार्यक्रमका सभाध्यक्ष परशुराम नगरपालिका नगर प्रमुख भरत बडायर जोशी एवम् परशुराम नगरपालिकाका १२ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत सम्बन्धित सरोकारवाला निकायहरु, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंमसेविकाको उपस्थिति रहेको थियो ।

फागुन १३ गते देखि सञ्चालन हुने खोप अभियान चैत्र ७ गते सम्म सञ्चालन हुने छ । देश भरका ५१ वटा जिल्लाका ५७ हजार बालबालिकामा दादुरा-रुवेला विरुद्धको खोप लगाइने छ ।

दादुरा रोग ज्यादै छिटो सर्ने भाइरसबाट हुने संक्रमण रोग हो । यो रोग कुनै पनि उमेरका मानिसमा लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिकामा यो रोग धेरै पाइने गरेको छ । खोपद्धारा बचाउन सकिने रोग मध्ये बालबालिकाको मृत्यु गराउने एक प्रमुख कारण दादुरा रोग हो । दादुरा रोग लागे पछि निमोनिया, झाडापखाला, मेनिन्जाइटिस, कुपोषण जस्ता जटिलताहरूलाई बालबालिकाको ज्यान लिन सक्दछ भने छिटो भन्दा छिटो महामारीको रूप लिन पनि सक्दछ ।

दादुरा-रुवेलाको संक्रमण भए ज्वरो आउने र शरीरमा राता बिमिरा देखा पर्ने, रुघा खोकीको लक्षण चिन्हहरू ( नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने, रोगीको सम्पर्कमा आएको १०-१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...