नेकपा एमाले कैलालीको नयाँ नेतृत्वका लागि अध्यक्षमा चार जनाको उम्मेदवारी

धनगढी- नेकपा एमाले कैलालीको नयाँ नेतृत्वका लागि हालसम्म चार जनाको अध्यक्षमा उम्मेदवारी परेको छ। एमाले कैलालीको नेतृत्व लिनका लागी हालसम्म चार जनाको अध्यक्षमा उम्मेदवारी परेको हो। अहिले उम्मेदवारी दर्ताको काम भैरहेको छ।

कैलालीको सुख्खडमा फागुन ६ र ७ गते नवौं अधिवेशनबाट सहमतिमा नजुट्दा नयाँ नेतृत्व चयन गर्न सकिएको छैन्। नयाँ नेतृत्व चयन गर्न नसकेपछि हालसम्म चार जनाको उम्मेदवारी परेको एमाले कैलालीले जनाएको छ ।नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनको लागि अध्यक्षमा कमल सिंह रानाले उम्मेदवारी घोषणा गरेका छन् ।उनले युवा र बिद्यार्थीका तर्फबाट उमेदवारि दिएका हुन । राना आठौँ जिल्ला अधिवेशनमा सदस्यमा निर्वाचित भएका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसअघि एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे, नेता यज्ञ ढुंगानाले अध्यक्षका लागि उम्मेदवारी दिसकेका छन् ।अहिले बिहान १० बजे देखी उम्मेदवारी दर्ताको काम हुँदैछ। तर, प्राविधिक तयारी नभएको भन्दै हिजै राति आज बिहान सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो। अहिले बिहान अर्को तालिका जारी गर्दै चौथो दिन आज दिउसो २ बजे देखी ५ बजे सम्म मतदान हुने बताइएको छ।
पाँच सय ९१ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ। प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले मङ्गलवार निर्वाचनका प्रक्रिया रोकिएकाले मतदानमा ढिलो भएको बताए। बुधवार २ देखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

एमाले कैलालीको नयाँ नेतृत्वका लागि चार जना प्यानलसहित चुनावी मैदानमा छन्। एमाले कैलालीका कार्यवाहक अध्यक्षसमेत रहेको जोशीले उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा, उपसचिवमा नृपबहादुर खड्का र रत्ना कुवर जोशीसहितको प्यानल तयार पारेका थिए। एमालेले पहिलो पटक अधिवेशनअघि नै सहमति खोज्ने प्रयत्नका रूपमा आकाङ्क्षीहरूलाई इच्छापत्र पेस गर्नुपर्ने विधि तय गरेको थियो। उनीहरूको बिचमा अधिवेशनको चौथो दिनसम्म सहमति हुन सकेको छैन्।

अध्यक्षसहित पदाधिकारी तहका पाँच पदमा ५३ जनाले इच्छापत्र पेस गरेका थिए। अध्यक्षमा राना थपिएका छन्। उपाध्यक्षमा ८, सचिवमा १२ र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकाङ्क्षा राख्दै इच्छापत्र दर्ता गराएका थिए। एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लबिङमा छन। जोशी केन्द्रीय सचिव भट्टले अघि सारेका नेता हुन्। भट्टका स्वकीय सचिव हितेस ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन्।

स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन्। पाण्डे समूहबाट कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरी सचिव पदका दाबेदार छन्। त्यस्तै एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्व अध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षका लागि पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अघि सारेका छन्। उनको टिमबाट सचिव पदमा विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकाङ्क्षी छन्।आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए।

Loading...