भूकम्पबाट आहत भएकालाई मिलेन राहत

बाजुरा- बाजुराको बुढीगङ्गा नगरपालिका–२, नडाङ्गका तुलाराम नेपालीको परिवार खुला आकाशमुनि त्रिपालभित्र बास गरेर रात काटिरहनुभएको छ । गत असोज १६ गते गएको भूकम्पका कारण घर भत्किएपछि नेपालीको सात जनाको परिवार खुला आकाशमुनि बास्दै आएको छ ।

Ganyapdhura gau

केही वर्षअघि साहुबाट ऋण लिएर लगाएको घर भूकम्पले भत्काइदिएपछि अहिले त्रिपालमुनिको बास गर्दै आएको गुनासो नेपालीले गरे । उनले भने, “अघिल्लो वर्षको माघ १० गते आएको भूकम्पले चिरा चिरा परेको घर गत असोजमा बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले पूरा भत्किएपछि त्रिपालमुनि बास बस्नु परेको हो ।”

Navadurga sun
Godawari sandesh

तातो समयमा बाहिर बस्न सहज भए पनि चिसोको बेला भने बाहिर बस्न निकै समस्या छ । भूकम्पको आहतमा पनि राहत नमिलेपछि आफू यो देशको नागरिकसमेत नभए जस्तो लागेको नेपालीले बताए । राहतका लागि नेपालीले विभिन्न ठाउँमा हात थापे पनि अहिलेसम्म कुनै ठाउँबाट सहयोग मिलेको छैन् । छोराछोरी घरमा राखेर भारतमा रोजगारी गर्न गएका नेपाली अहिले गाउँमा आएर घर बनाउने योजनामा छन् ।

Dadeldhura hospital

घर निर्माणका लागि उनले विभिन्न सङ्घ संस्थासँग सहयोग माग्दै आउनुभएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय सरकारसँग समेत बस्ने घर निर्माणका लागि सहयोग माग गरेको उनले बताए । उनी जस्तै अन्य दलित परिवार तथा आर्थिक रूपमा विपन्नलाई घर बनाउन समस्या भएको छ । कहीँ कतैबाट सहयोग आएमा घर बनाउने अपेक्षामा बसेकाहरू हिउँदको चिसोमा कसरी रात बिताउने होला भन्ने चिन्तामा छन् ।

भूकम्पले क्षति गरेका घरको तथ्याङ्क सङ्कलन गरेर स्थानीय पालिकामार्फत जिल्ला विपत् व्यवस्थापन समितिमा पठाएको वडाध्यक्ष पदम भण्डारीले बताए । उसो त यो समस्या एकै तुलाराम नेपालीको मात्र होइन । बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदह गाउँपालिकालगायतका स्थानीयको पनि यस्तै समस्या रहेको छ ।

यहाँका स्थानीयलाई केही समय पहिला घरबासको व्यवस्था गरे पनि अधिकांश अहिले पनि उही भूकम्पले चर्किएको घरमा ज्यान जोखिममा राखेर बास बस्न बाध्य छन् ।

स्थानीय सरकारबाट प्राप्त भएको तथ्याङ्क गृह मन्त्रालयमा पठाएको जिल्ला विपत् व्यवस्थापन समिति बाजुराले जनाएको छ । स्थानीय तहले पठाएको तथ्याङ्क अनुसार बाजुरामा भूकम्प प्रभावित घरपरिवारको सङ्ख्या एक हजार चार सय पूर्ण र तीन हजार पाँच सय आंशिक रहेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला व्यवस्थापन समिति बाजुराका संयोजक भीमकान्त पौडेलले बताए ।

“अहिले बल्ल अस्थायी आवासका लागि मन्त्रालयबाट १४ करोड रुपियाँ आएको छ । त्यो रकम जसको वास्तविक घर पूर्ण रूपमा क्षति भएको छ, त्यसलाई नै दिने हो, उनले भने, “स्थानीय तहसँग थप क्षतिको तथ्याङ्क माग गरेको छु ।” भूकम्पपीडितका लागि आवासको ढाँचासमेत मन्त्रालयले पठाएको छ । सोही अनुसार बाजुराका भूकम्प पीडितले अस्थायी आवास निर्माण गर्न रकम उपलव्ध गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । गोरखापत्रबाट

Loading...