उच्च पहाडी र हिमाली क्षेत्रमा ३ दिनसम्म हिमपातको सम्भावना

Dadeldhura hospital

काठमाडौं- पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रको मौसम बदली भएको छ । आज सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भएको हो । उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपात पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा हिमपात हुने र सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने पूर्वानुमान छ ।उच्च पहाडी तथा हिमाली भू-भागमा तापक्रम घटिरहेकोले सतर्कता अपनाउन महाशाखाले सचते गराएको छ ।

 

 

Navadurga sun
Godawari sandesh
Loading...