जाजरकोट भुकम्प पीडितलाई सुदूरपश्चिम सेवा समाज माल्टा र लोक कल्याणकारी सेवा ट्रष्ट द्वारा राहत बितरण

अत्तरिया, ७ मंसिर । जाजरकोटका भुकम्प पिडितहरुलाई राहत सामाग्री सहयोग गरिएको छ । सुदूरपश्चिम सेवा समाज माल्टा र लोक कल्याणकारी सेवा ट्रष्ट कञ्चनपुरको सहयोगमा ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल नामक संस्थाले राहत सामाग्री सहयोग गरेको हो ।

कञ्चनपुरकी समाजसेवी चादनि ऐर र प्रवेश केसिको समन्वयमा नलगाढ नगरपालिका वडा ७ का स्थानीय समाजसेवी महेश सिंहको सहजीकरणमा कार्तिक १७ गते गएको बिनासकारी भुकम्प परि प्रभावित भएका जाजरकोटको नलगाढ नगरपालिका वडा नं ४ का करिब ९० परिवारलाई, घर घर बस्ती बस्तीमा गएर प्रत्यक्ष पीडित परिवारहरुलाई सहयोग गरीएको समाजसेवी एवम् ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल चादनी ऐरले बताउनु भयो ।

Navadurga sun

पहिलो चरणमा मृत्यु भएका परिवार, दोस्रो चरणमा अशक्त अपांग, तेस्रो चरणमा एकल महिला, बृद बृर्दा, अनाथ बच्चा र चौथो चरणमा पुर्ण क्षती भई घर ध्वस्त भएका पीडित परिवारलाई प्रत्यक्ष राहत बितरण गरिएको समाजसेबी एवम् ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी अध्यक्ष चादनि ऐरले जानकारी दिनु भयो । यस अघि पनि सुदूरपश्चिम सेवा समाज माल्टाले बझाङ भुकम्प पीडित परिवारहरुलाई राहत सहयोग गरेको थियो ।

नेपाली युवाहरू मिलेर बनाएको सानो कमेटी द्वारा खाजा खर्च बचाएर सुदूरपश्चिम सेवा समाज माल्टाबाट थुप्रै दुखी, गरिब, पीडित मात्रै नभएर भुकम्प पीडितलाई पनि अहिलेसम्म सहयोग गर्दै आएको छ । ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकि अध्यक्ष चादनी ऐरले सुदूरपश्चिम सेवा समाज माल्टालाई धन्यवाद सहित अगामी दिनहरूमा पनि सहयोगको अपेक्षा गर्नु भएको छ ।

ADD Khali jpg
Loading...