अत्तरिया, ३ मंसिर– कैलालीको गोदावरी न.पा.१ दक्षिण बनखेत स्थित रहेको श्री महाकालेश्वर शिव पार्वती मन्दिर परिसरमा आइतबार देखि धार्मिक महोत्सव सुरु भएको छ । धार्मिक महोत्सव मंसिर ३ गते देखि १० गते सम्म चल्ने छ । कैलाली अत्तरिया महाकालेश्वर धार्मिक महोत्सव २०८० नाम राखेर सुरु गरिएको हो । महोत्सव भक्तजनहरुको सक्रियतामा आयोजना गरिएको हो ।










धार्मिक महोत्सवको समुद्धघाटन समारोह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रलाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहनु भएको थियो ।
प्रमुख अतिथी रहनु भएका प्रदेश प्रमुख जोशीले धार्मिक जागरण गराएर अहिलेका बिकृती बिसंगती हटाउने काममा यस कार्यक्रमले सहयोग गरोश भन्दै शुभकामना व्यक्त गरेका थिए ।



आज देखि सुरु गरिएको कार्यक्रमका बारेमा अध्यक्ष भण्डारीले प्रकाश पारेका थिए । यस महोत्सवको उद्देश्य धार्मिक बिचारको प्रस्फुटन, राष्ट्र शान्ति तथा श्री महाकालेश्वर मन्दिरको सार्वागिक बिकासको लागि सहयोग गर्ने बताए ।
त्यस्तै बिशिष्ठ अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी राम आचार्य, पूर्व क्याम्पस प्रमुख प्रेम कुवर, ईन्द्र भट्टराई, गुरु इश्वरी आचार्य महाराज रहेका थिए ।

महोत्सवको पूर्वशन्धामा १ हजार जतिले महेन्द्रनगर रोड, बसपार्क हुदै बनखेत कलशयात्रा गरिएको थियो । शसस्त्र प्रहरीको बाजागाजासहित होलिल्याण्डका बिद्यार्थी, दुर्गालक्ष्मी मा.वि.का स्काउट टिम, आमा समुह लगायत स्थानियको सहभागितामा परिक्रमा गरिएको थियो । कार्यक्रम संचालन लिला बास्कोटाले गरेका थिए।





