कैलालीमा युवती बलात्कार गरेको आरोपमा एक जना पक्राउ

कैलाली- कैलालीमा युवती बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारकी मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया एक युवतीलाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोही ठाउँका स्थानीय ४५ वर्षीय प्रकाश जैसीलाई पक्राउ गरिएको हो। ती युवतीलाई घरमा कोही नभएको मौका छोपी बुधवार साँझ करिब ६ बजे जैसीले करणी गरेको प्रहरीले जनाएको छ।

Navadurga sun

घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा खटिएको टोलीले जैसीलाई पक्राउ गरेको हो। पक्राउ परेका जैसीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

ADD Khali jpg
Loading...