धनगढीमा १५० किलो भारतीय फूल बरामद

धनगढी- कैलालीको त्रिनगर नाका भएर ल्याउँदै गरेको अवस्थामा १५० किलो भारतीय फूल बरामद गरिएको छ। भारतबाट आयात गरिएको फूल सशस्त्र प्रहरीले बरामद गरेको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार मङ्गलवार १५० किलोग्राम भारतीय फूल सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरेर कैलाली भन्सार कार्यालयलाई बुझाएको हो।

नेपाल सरकारले भारतबाट फूल आयात नगर्ने सार्वजनिक सूचना जारी गरेको थियो। धनगढी उपमहानगरपालिकाले समेत भारतीय फूल तथा प्लास्टिकका माला आयात नगर्न भनेको थियो। उपमहानगरपालिका भित्रका किसानले फूल उत्पादन गरेकाले भारतबाट फूल र माला आयात नगर्न भनिएको हो।

Navadurga sun

धनगढी उपमहानगरपालिकाको नगर प्रहरीलेसमेत बजार क्षेत्रमा प्लास्टिकका माला तथा भारतीय फूल आयात भए नभएको स्थलगत अनुगमन गर्दै आएको छ। धनगढीमा फूलको उत्थान नहुने भएकाले भारतबाट फूल तथा प्लास्टिकका माला आयात हुँदै आएका थिए।

 

 

ADD Khali jpg
Loading...