सन्तोष पाण्डेय / धनगढी : डेउडा गाइका एवम् क्यामरा म्यान कृष्णा सिराडिले जन्मदिनको अवसरमा डेउडा प्रतिष्ठान अक्षयकोष स्थापनाको लागि आर्थिक सहयोग गरेकि छन ।












सिराडी डेउडा प्रतिष्ठान कि केन्द्रीय सदस्य पनि रहेकी छन ।उनी प्रत्येक बर्षको जन्मदिनमा विभिन्न सामाजिक कार्य गर्दै मनाउदै आएकी छन । उहाले जन्मदिनको अवसरमा कहिले दृष्टि फाउन्डेसन , कहिले मानव सेवा आश्रम भने कहिले अस्पतालमा भर्ना भएका बिरामीहरु लाई सहयोग गर्दै आउनुभएको छ ।
दुखी ,गरिब ,अपांग , साहारा बिहिन हरुलाइ केही राहत होस भनी डेउडा प्रतिष्ठान ले अक्षय कोष स्थापना को लागि देउसिभैलो खेलिरहेको बेला प्रतिष्ठान कि सदस्य सिराडिले केही आर्थिक सहयोग गरेकी छिन ।
त्यसैगरी उनले आज बिहान जन्मदिनको अवसरमा रेडक्रसमा रक्तदान पनि गर्नुभएको छ । अन्य फजुल खर्च गर्नु भन्दा सेवा नै धर्म हो भन्दै असहायहरु को सेवा गर्न पाउँदा खुशी लागेको उनले बताए।




