
धनगढी- भारतको पलियामा नेपाली यात्रुबहाक बस दुर्घटना भएको छ। भारतको दिल्लीबाट नेपाल आइरहेको नेपाली यात्रुबहाक बस पलियाको भिरा पुल नजिकै शुक्रवार बिहान दुर्घटना भएको हो।


बसमा यात्रुलाई सामान्य चोटपटक लागेको भारतीय प्रहरीले जनाएको छ। बिहीबार दिल्लीबाट दाङका लागि छुटेको बस शारदा नदीको पुल नजिकै पल्टिएर दुर्घटना भएको बताइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।





