कैलाली–कञ्चपुरबाट झन्डै चार लाखका सामान बरामद

Dadeldhura hospital

धनगढी- कैलाली र कञ्चनपुबाट झन्डै चार लाखका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडारा नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका ५९ हजार दुई सय मुल्य बराबरको लेडिज सुट, प्लाजा, चिनी, चकलेट, मिठाई, धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट अन्दाजी एक लाख मूल्य बराबरको लेडिज सुट, तामाको करुवा, ईलेक्ट्रोनिक दियो, दिपावलीका अन्य सामान, धनगढी–७ मनहेराबाट ६ हजार मूल्य बराबरको चिनी र धनगढी–९ बाग्राकटानबाट सात हजार पाँच सय मूल्य बराबरको माछाको सिद्रा आइतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका वडा नम्बर ६ बनखेतबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी एक लाख ३४ हजार ६ सय १० मूल्य बराबरको चिनी, गुड, बेसन, दाल, मिश्रीको धुलो, पापड, बिडी, पेठा लगायतका सामान र भीमदत्त नगरपालिका–१० बिद्यूत कार्यालय अगाडीबाट अन्दाजी ५५ हजार मूल्य बराबरको कस्मेटिक सामान र पटाका गरि दुबै जिल्लाबाट जम्मा तीन लाख ६२ हजार ३ सय १० मूल्य बराबरको सामान आइतवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

 

Loading...